युएसएआईडी एकीकृत पोषण
स्थानीय साझेदार संस्थाका लागि आशय पत्रको आवेदन आब्हान गरिएको सूचना
(Request for Expression of Interest)
प्रकाशन मिति : २०८१ भाद्र २४ गते (September 9, 2024)
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोगमा नेपालको पोषण नीति, योजना र कार्यक्रमको बृहत्तर ढाँचामा रहि युएसएआईडी एकीकृत पोषण (जुन, २०२४ देखि जुन, २०२९ सम्म) परियोजना सञ्चालन हुँदैछ । यस परियोजनाले स्वास्थ्य, खाद्य, खानेपानी तथा सरसफाइ, शिक्षा र सामाजिक सुरक्षा प्रणालीहरूको सुदृढीकरणमार्फत नेपालमा महिला, किशोरकिशोरी र बालबालिकाको पोषण स्थिति सुधार गर्न नेपाल सरकारसँग सहकार्य गर्दछ । यस परियोजनाले स्वास्थ्य र पोषणको नतिजामा विषमता रहेका सीमान्तकृत एवम् जोखिममा परेका समूहहरूलाई प्राथमिकतामा राख्दै नेपाल सरकारले सञ्चालन गरेका पोषणसँग सम्बन्धित कार्यक्रमहरूमा परिपूरकको रूपमा काम गर्दछ ।
युएसएआईडी एकीकृत पोषण परियोजना, कर्णाली प्रदेशका मुगु, जुम्ला, कालिकोट, हुम्ला, डोल्पा, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, र सुर्खेत जिल्लामा सञ्चालन हुँदैछ । यो परियोजना स्थानीय गैरसरकारी संस्थामार्फत कार्यान्वयन गरिने हुँदा सम्बन्धित जिल्लामा दर्ता भई योग्यता पुगेका ईच्छुक एकल संस्थाहरुबाट आशय पत्रमा उल्लेख गरिएका कागजातहरु संलग्न राखि तोकिएको ढाँचामा प्राविधिक प्रश्नहरुको मौलिक तथा स्थानीय सन्दर्भ र परिवेश झल्किने जवाफ सहितको विस्तृत आशय पत्र, यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र अर्थात् मिति २०८१ असोज १३ गते (September 29, 2024) दिनको ५ बजे भित्र [email protected] मा ईमेल मार्फत पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । आशय पत्रको आवेदन पेश गर्दा निम्नानुसार ध्यान दिन समेत सूचित गरिन्छ ।
- ईमेल पठाउँदा विषय (Subject) खण्डमा जिल्ला, आवेदक संस्थाको नाम, आशय पत्रको नम्बर, र शीर्षक उल्लेख गर्नुपर्दछ । उदाहरणको लागि XXXdistrict: ABC NGO Name_2024-04_USAID Integrated Nutrition
- आशय पत्र साथ पेश गरिने सबै कागजातहरु १० एमबी भन्दा बढी नहुने गरि एउटै मात्र PDF फाईल बनाई पेश गर्नुपर्दछ ।
आशय पत्रका सन्दर्भमा थप स्पष्टता आवश्यक भएमा [email protected] इमेल ठेगानामा मिति २०८१ भाद्र ३० गते (September 15, 2024) भित्र प्रश्नहरू पठाउन सकिन्छ । प्राप्त प्रश्नहरूको स्पष्टतताका लागि मिति २०८१ भाद्र ३१ गते (September 16, 2024) गते बिहान १०:०० बजे पूर्व-आवेदन बैठक भर्चुअल रुपमा हुनेछ । उक्त बैठकमा सहभागी हुन चाहने ईच्छुक संस्थाहरुले आफ्नो आधिकारिक इमेल ठेगानामार्फत [email protected] मा ईमेल गरेमा बैठकको लिंक उपलब्ध गराइनेछ ।
आशय पत्रको मूल्याङ्कन, साझेदार संस्था छनौट प्रक्रियाको पहिलो चरण हो । यस सूचनाअनुसार प्राप्त आवेदनहरुको मूल्याङ्कन तथा प्रस्तुतीकरण पश्चात छनौट हुने एक जिल्लाका लागि एक संस्थालाई मात्र लागत सहितको पुर्ण आवेदनका लागि आमन्त्रण गरिनेछ ।
Get documents